Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • १०० किलो सुन बरामद प्रकरण : पक्राउ परेका ६ जनामाथि अनुसन्धान गर्न १० दिन म्याद थप

    १०० किलो सुन बरामद प्रकरण : पक्राउ परेका ६ जनामाथि अनुसन्धान गर्न १० दिन म्याद थप

    अनलाइन नेपाल
  • बिहिबार, ४ साउन २०८०
  • 921
    SHARES

    फाइल तस्विर

    काठमाडौं । एक सय किलो सुन बरामद प्रकरणमा पक्राउ परेका ६ जनालाई उच्च अदालत पाटनले १० दिन थुनामा राख्न अनुमति दिएको छ ।

    आज बिहीबार पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानसहितका ६ जनालाई १० दिन थुनामा राख्न राजश्व अनुसन्धान विभागलाई अनुमति दिएको हो।



    चुवानलाई नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागनले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागलाई बुझाएको थियो ।



    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर बाहिरिएको झण्डै एक क्वीन्टल सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यो सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म एक जना चिनियाँसहित ६ जना पक्राउ परेका छन् ।

    बुधबार राजश्व अनुसन्धान विभागको टोलीले करिब १ क्विन्टल सुन बरामद गरेको थियो । क्याथे प्यासिफिक एयरलाइन्सको जहाजमा हङकङबाट आएको स्कुटरको ब्रेक शुमा राखेर उक्त सुन ल्याइएको थियो ।

    अवैध सुन ल्याउने गिरोहमा संलग्न आरोपमा दोलखा मेलुङ गाउँपालिका-३ घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, भोजपुरको अरुण गाउँपालिका-४ घर भई काठमाडौंको साँखु बस्ने २१ वर्षीय दिलिप भुजेल, भोजपुरकै अरुण गाउँपालिका-४ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र तिब्बतियन मुलका भारतीय नागरिक दिल्ली घर भई हाल काठमाडौंको पानीपोखरी बस्ने ५३ वर्षीय थाप्तेन छिरिङ पक्राउ परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार