काठमाडौं । सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
एक क्विन्टल सुन तस्करीमा लिनको भूमिका देखिएपछि राजश्व अनुसन्धान कार्यालयले चिनियाँ नागरिक लिङ चुवानलाई पक्राउ गरिएको हो । उनी तिब्बेत एयरमार्फत चीन जान लागेका थिए ।
राजस्व अनुसन्धान विभागले अध्यागमन विभागलाई रोक्न पत्राचार गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीसँगै चितवनका अशोक लामा पनि पक्राउ परेका छन् । यसअघि यो प्रकरणमा एक जना भारतीय नागरिकसहित पाँच जना पक्राउ परेका थिए ।
राजकुमार भुजेल, दीलिप भुजेल, हर्क राई, राजेन्द्र राई र भारतीय नागरिक थोप्तेन छिरिङ पक्राउ परेका थिए ।
यसअघि मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।
Leave a Reply