Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्वारा अर्थसम्बन्धी तीन वटा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धी विभिन्न तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले गत असार ३१ गते ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ प्रमाणीकरण गरेका हुन् ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट पठाएको विधेयक प्रमाणीकरणको पत्र पढेर सुनाए ।

संघीय संसदको दुवै सदनबाट पारित भएका विधेयकहरू राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनका रूपमा कार्यान्वयनमा जाने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077