काठमाडौं । राष्ट्रिय सभाका सांसद गोपाल भट्टराईले करिब एक क्वीन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ संलग्न रहेको आरोप लगाएका छन् ।
बिहीबार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महराको नामसमेत जोडिएर समाचार आएको भन्दै यस्तो आरोप लगाएका हुन् ।
सांसद भट्टराईले सो प्रकरणमा उच्चपदस्थहरु नै संलग्न रहेकाले निष्पक्ष छानबिन हुने सम्भावना कम रहेको उल्लेख गर्दै सुन तस्करहरूले राज्य सञ्चालनमै हस्तक्षेप गरिरहेको आभास भईरहेको बताए ।
सांसद भट्टराईले भने, ‘भर्खरै समातिएको करिब एक क्विन्टल सुनको बारेमा पूर्वसभामुख र गृहमन्त्रीको समेत नाम जोडिएर समाचारहरू आएका छन्। अब निष्पक्ष छानबिन हुन्छ भनेर विश्वास गर्ने ठाउँ छैन। हेर्न बाँकी छ।’
उनले जनताको ध्यान एकातिर मोडेर मुलुकमा सुन तस्करी गर्नेक्रम बढिरहेको जिकिर गर्दै त्यसलाई नियन्त्रण गर्न सरकार गम्भीर नभएको आरोप समेत लगाए ।
Leave a Reply