सप्तरी । सप्तरी प्रहरीले बिँडी नदिएको निहुँमा एक जनाको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको कञ्चनरूप नगरपालिका १० बदगमा टोलका २८ वर्षीय मनोज पासवान रहेका छन् ।
कञ्चनरुप नगरपालिका-८ बेरियर चौकमा रहेको बस बिसौनीको प्रतिक्षालयमा गत असार ३१ गते बिहान परिचय नखुलेको अन्दाजी ६०/६५ वर्षीय पुरुष मृतक फेला परेका थिए । मनोजलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
मागी खाने व्यक्ति प्रतिक्षालयमा सुती बिँडी खाइरहेको र आफूलाई पनि खान मन लागेपछि मनोजले एउटा बिडी मागेका थिए ।
तर मागिखाने व्यक्तिले बिडी नदिई तथानाम गाली गलौज गर्न लागेपछि लाठी प्रहार गरि मनोज भागेको ईलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।
मनोज उपर कर्तव्य ज्यान मुद्दामा कानुन बमोजिम कारबाही गर्ने सप्तरी प्रहरीको तयारी छ ।
Leave a Reply