Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समितिको बैठकमा शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य डा चन्द्रमोहन यादवले संस्थापनइतर समूहका नेता डा शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन प्रस्ताव राखेका छन् ।

बैठकमा आफ्नो भनाइ राख्दै यादवले परम्परा कायम गरी कोइरालालाई वरिष्ठ नेता बनाए प्रभावकारी हुने भन्दै यस्तो प्रस्ताव राखेका हुन् ।

उनले भने ‘हाम्रा वरिष्ठ नेता राष्ट्रपति हुनुहुन्छ । अहिले त्यो पद रिक्त छ । वरिष्ठ नेतामा डा शेखर कोइरालाई त्यसमा राख्न सके अझै बल पुग्छ । पार्टीमा समन्वय हुन्छ ।

यसअघि बुधबार केन्द्रीय सदस्य गोमा देवकोटाले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउनुपर्ने प्रस्ताव राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077