काठमाडौं । सुनको मूल्यले बिहीबार नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३ हजार ६०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १३ हजार ५० रुपैयाँ निर्धारण भएको छ । यो यस वर्षकैउच्च मूल्य हो । यसअघि मात्रै चालू आर्थिक वर्षको जेठ महिनामा १ लाख १३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Leave a Reply