Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपेन्द्र यादवविरुद्ध चुनाव लड्ने कुशवाहासहित ५ जनालाई जनमतले गर्‍यो कारबाही

काठमाडौं । जनमत पार्टीले पार्टीको नीति नियम अनुसार नचलेको आरोपमा पाँच नेतालाई कारबाही गरेको छ ।

पार्टी अनुशासन समितिले शिव चन्द्र कुशवाहा , गुलाब मण्डल , शंकर खड्का, भोपेन्द्र यादव, भगवान दास यादवलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको हो।

केन्द्रीय सचिव रहेका भोपेन्द्र यादवलाई तीन महिनाका लागि निलम्बन गरिएको छ। गुलाब मण्डल, शंकर खड्का र भगवान दास यादवलाई एक वर्षका लागि निलम्बन गरिएको जनमत पार्टीले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

त्यस्तै, पार्टीको सचिवको जिम्मेवारीमा रहेका भोपेन्द्र यादवले रूपन्देहीको जिल्ला प्रशिक्षण भाँड्न लागेको बताइएको छ। गत असार २१ गते त्यहाँ प्रशिक्षण राखिएको थियो। भोपेन्द्रले जिल्लाका कार्यकर्तालाई सहभागी नहुने भनेकाले अनुशासन समितिले कारबाही गरेको बताइएको छ।

यता सप्तरीका गुलाब मण्डलले कंकालिनी मन्दिर व्यवस्थापन समितिको चुनावमा पार्टीविरूद्ध उम्मेदवारी दिएका थिए। त्यहाँ पार्टीले सेट नै जितेको तर मण्डलले उम्मेदवारी फिर्ता नलिएकाले एक वर्ष पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको बताइएको छ।

शंकर खड्काले पनि पार्टीविरूद्ध व्यवस्थापन समितिको चुनावमा बागी उम्मेदवारी दिएकाले कारबाही गर्नुपरेको जनमतले विज्ञप्तिमार्फत् बताएको छ।कारबाहीमा पर्नेमा उपनिर्वाचनमा उपेन्द्र यादवविरुद्ध लडेका कुशवाहलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ ।

संसदीय निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार समेत रहेका कुशवाह उपनिर्वाचनको मुखमा जनमत पार्टी प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077