Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • स्थानीय तहलाई प्रशासन मन्त्रालयले भन्यो – समायोजन भएका कर्मचारीलाई फिर्ता नपठाउनू

    स्थानीय तहलाई प्रशासन मन्त्रालयले भन्यो – समायोजन भएका कर्मचारीलाई फिर्ता नपठाउनू

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन भएका कर्मचारीलाई फिर्ता पठाउन रोक लगाएको छ ।

    स्थानीय तहहरूले समायोजन भएर गएका कर्मचारीलाई धमाधम फिर्ता पठाउन थालेपछि मन्त्रालयले त्यसमा रोक लगाएको हो ।



    कर्मचारी समायोजन ऐन २०७५ बमोजिम विभिन्न स्थानीय तहमा समायोजन तथा समायोजन मिलान भई कार्यरत केही कर्मचारीलाई कतिपय स्थानीय तहले विभिन्न बहानामा फिर्ता पठाएपछि रोक लगाउनु परेको मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयले मङ्गलवार ७५३ वटै स्थानीय तहलाई एकमुष्ट सम्बोधन गर्दै कार्यरत कर्मचारीलाई फिर्ता नगर्न भनेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार