Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेनाको संख्या कटौतीको बहस अनुचित र दुर्भाग्यपूर्ण : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सेनाको संख्या कटौतीको बहस रहस्यमय रहेको बताएका छन् ।

पार्टी अध्यक्ष लिङ्देनले आज विज्ञप्ति जारी गर्दै सेनाको संख्या कटौतीको बहसलाई ‘बेमौसमी’को संज्ञा दिएका हुन् ।

उनले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा इतिहासको कठिनतम कालखण्डमा समेत नेपाली सेना प्रतिवद्ध रहेको भन्दै उसलाई कमजोर बनाउने गरी बहस गर्न नहुने बताए ।

विज्ञप्तिमा भनिएको छ, ‘राज्यको आर्थिक भार घटाउने प्रशस्तै उपायहरू विद्यमान छन् र यसबारे राप्रपा बहस गर्न तयार छ । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा इतिहासको कठिनतम कालखण्डमा समेत प्रतिबद्ध रहेको नेपाली सेनालाई कमजोर बनाउने गरी बहस केन्द्रीत गरिनु हुँदैन ।’

स्वघोषित बुद्धिजीवी तथा केही राजनीतिक दलका जिम्मेवार नेताहरूले योजनाबद्ध ढंगबाट नै नेपाली सेनाको संख्या घटाउनु पर्नेजस्ता विषयमा अभिव्यक्ति दिएको भन्दै लिङ्देनले यस्ता बहस रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण रहेको बताए ।

राज्यको आर्थिक भार घटाउने प्रशस्तै उपायहरू रहेको भन्दै उनले नेपाली सेनालाई कमजोर बनाउने गरी बहस केन्द्रित गर्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077