Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अल्जेरियामा बस दुर्घटना हुँदा ३४ जनाको मृत्यु

अल्जियर्स । अल्जेरियाको दक्षिणी भागमा आज यात्रीवाहक बस दुर्घटना हुँदा ३४ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।

राजधानी अल्जियर्सबाट करिब दुई हजार किलोमिटर पर अवस्थित तामनरासेट सहरमा यात्रुवाहक बस र औद्योगिक उत्पादन बोकेको बाहन एकआपसमा ठोक्किँदा दुर्घटना भएको उद्धारमा संलग्न एक अधिकारीले बताएका छन् ।

दुईवटा सवारी साधन ठोक्किँदा आगो लागेको थियो । दुर्घटनालगत्तै उद्धारकर्मीहरूले जलेका केही शवहरू निकालेका छन् ।

दुवै सवारी साधन द्रुतगतिमा रहेकाले उक्त दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077