Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • जी-२० फाइनान्स ट्रयाकमा सहभागी भएर अर्थमन्त्री महत स्वदेश फिर्ता

    जी-२० फाइनान्स ट्रयाकमा सहभागी भएर अर्थमन्त्री महत स्वदेश फिर्ता

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 606
    SHARES

    काठमाडौं । जी–२० मुलुकका अर्थमन्त्रीहरूको भेलामा सहभागी भएर अर्थमन्त्री डा. प्रकाशशरण महत बुधबार नेपाल फर्किएका छन् ।

    भारतको गुजरातमा भएको जी-२० फाइनान्स ट्रयाक बैठकमा विश्व बैक, एडिबी लगायत संस्थाहरुको पनि रहभागिता रहेको थियो ।



    सोमबार र मंगलबार दुई दिनसम्म चलेको छलफलमा कम विकसित देशहरुले भोगिरहेको समस्या, व्यापार, लगानी लगायतका विषयमा छलफल भएको उनले बताए । जलवायु परिवर्तन, डिजिटल माध्यमबाट हुने टान्जेक्सन र करका विषयमा पनि छलफल भएको छ ।



    जी–२० सम्मेलनमा सहभागी भएर नेपालले आफ्नो कुरा राख्ने अवसर पाएको, भारत र चिनियाँ अर्थमन्त्रीहरुसँग महत्वपूर्ण भेटघाट र छलफल भएकाले भ्रमण धेरै महत्वपूर्ण र उपलब्धीमूलक भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार