Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भक्तपुरको साँगामा बस दुर्घटना हुँदा ७ जना घाईते

काभ्रे । काठमाडौंबाट धुलिखेल जाँदै गरेको यात्रुवहाक बस दुर्घटना हुँदा ७ घाईते भएका छन् ।

भक्तपुरको सांगामा रहेको महादेव मन्दिर जाने सांगा पुल नजिकै बा ३ ख ९३९६ नम्बरको यात्रुवहाक बस दुर्घटना भएको थियो।

बसमा सवार ७ जना घाइतेको उद्धार गरेर अस्पताल पठाएको प्रहरिले जनाएको छ ।

४ जना घाइतेको इबमुरा अस्पताल र ३ जनाको मध्यपुर अस्पताल पठाइएको छ।

भक्तपुर पठाएका घाइतेहरूको हात खुट्टामा चोट लागेको भक्तपुर प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077