Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता – बुढीगण्डकी जलविद्युत् आयोजना छिट्टै निर्माण प्रक्रियामा जान्छ

    प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता – बुढीगण्डकी जलविद्युत् आयोजना छिट्टै निर्माण प्रक्रियामा जान्छ

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 615
    SHARES

    गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत आयोजनालाई हर हालतमा अघि बढाउने बताएका छन् ।

    गोरखाको सिउरेनिटारमा आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजना हरहालतमा अघि बढाउने बाचा गरेका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘निर्माण प्रक्रियाका लागि शिलान्यास गर्न म आफैं आउने कमिटमेन्ट गरेको छु, हरहालतमा निर्माण प्रक्रियामा जान्छ। पहिलेजस्तो उद्घाटन शिलान्यास हुने तर काम नहुने भन्ने चिन्ता थियो हिजो उर्जा मन्त्रालयमा पर्याप्त छलफल गरेका छौं, यही पटक निर्माण प्रक्रियाको शिलान्यास र प्रक्रिया अघि बढ्छ भन्ने विश्वासका साथ उपस्थिति भएको छु ।’



    उनले केही समयभित्रै आयोजना निर्माणका लागि शिलान्यास गर्ने बताए।  प्रधानमन्त्री प्रचण्डले निर्वाचनका बेला आयोजना अघि बढाउन गरेको बाचाको समेत स्मरण गरे ।

    यसको काम सेलाउने चिन्ता सबैतिर देखिएको सुनाउँदै उनले अब हरहालतमा आयोजना नरोकिने बताए । बुढीगण्डकी जलविद्युत् आयोजना महँगो भए पनि बहुउद्देश्यीय परियोजना भएकाले अन्य उद्देश्यबाट नाफामूलक परियोजना बन्ने दाहालले बताए ।

    गोरखा र धादिंग जिल्लाको बीचबाट बग्ने बुढीगण्डकी नदीमा २६३ मिटर अग्लो ड्याम बनाइ १२ सय मेगावाट बिजुली निकालिने योजना छ। पावर हाउस गोरखा जिल्लाको सिउरिनेटारमा रहने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार