काठमाडौं । संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै सिंहदरबारको दक्षिण गेट बाहिर नेपाल समाजवादी विद्यार्थी युनियनले प्रदर्शन गरेको छ ।
तत्काल नयाँ शिक्षा ऐन जारी गर भन्दै चरणबद्ध आन्दोलन गर्दै आएको विद्यार्थी सङ्गठनले आज सिंहदरबार अगाडी साङ्केतिक विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरू नेत्र चापागाईँ र सरोज थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न, संघीय शिक्षा ऐन जारी गर्न, विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागु गर्न र सीटीईभीटीको शुल्क वृद्धि तत्काल खारेज गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।
Leave a Reply