Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • ललिता निवास प्रकरणमा निर्णय गर्नेलाई उन्मुक्ति दिएको भन्दै कर्मचारीको विरोध

    ललिता निवास प्रकरणमा निर्णय गर्नेलाई उन्मुक्ति दिएको भन्दै कर्मचारीको विरोध

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 666
    SHARES

    काठमाडौं । ललिता निवास प्रकरणमा निर्णयकर्तालाई उन्मुक्ती दिएर कर्मचारीलाई पक्राउ गरिएको भन्दै निजामती सेवा संरक्षण समूहले विरोध जनाएको छ ।

    कर्मचारीहरुले ‘निजामती सेवा संरक्षण समूह’ बनाई ललिता निवास जग्गा घोटाला प्रकरणमा तल्लो तहका र निर्णय प्रक्रियामा कुनै भूमिका नहुने कर्मचारीहरुलाई फसाइएको भन्दै विरोध गरेका हुन् ।



    विज्ञप्तिमा भनिएको छ, ‘यस घटानाबाट मनोबल गिरेको, कार्यस्थलमा उपस्थित भई नियमित कार्यसम्पादन गर्न र निर्णय प्रक्रियामा सहभागिता जनाउन समेत हतोत्साही बनाएको, जथाभावी भएको धरपकडले तलदेखि उपल्लो तहसम्मका आमकर्मचारीहरू आतङ्कित बन्न पुगेका र असुरक्षित महशुस गरेको संवेदनशील अवस्था पैदा भएको छ ।’



    समूहले गलत निर्णयमा संलग्न निर्णयाधिकारीहरूलाई अनुसन्धानको दायरामा ल्याउन र निर्णय प्रक्रियामा संलग्नलाई मात्रै अनुसन्धान गर्न ध्यानाकर्षण गराएको छ ।

    उक्त समूहले संयुक्त वक्तव्य जारी गर्दै निजामती सेवामाथि हुने सबै खालका प्रहारविरुद्ध ढाल बनेर उभिने जनाएका छन् । उनीहरुले निर्णय गर्ने नेतृत्वलाई उन्मुक्ति अश्वीकार्य हुने समेत बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार