Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शंकास्पद वस्तु निष्क्रिय गर्न सिनामंगल पुग्यो सेनाको टोली

काठमाडौं । सिनामंगलमा भेटिएको शंकास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाको टोली पुगेको छ।

सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको हो । सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि आज बिहान शंकास्पद वस्तु फेला परेको थियो ।

प्रहरीले सो क्षेत्र नियन्त्रणमा लिएर निष्कृय पार्न नेपाली सेनाको टोलीलाई बोलाएको हो । शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको छ ।

नेपाल उत्थान क्रान्तिकारी पार्टी लेखिएको पर्चा समेत फेला परेको छ। खोटाङ हलेसी ज्वेलर्स अगाडि उक्त शंकास्पद वस्तु फेला परेको हो। प्रहरी र सशस्त्र प्रहरी पनि घटनास्थलमा खटिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077