Online Nepal
  • शनिबार, २४ कार्तिक २०८१
  • ललितानिवास जग्गा प्रकरण : बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ आज पनि

    ललितानिवास जग्गा प्रकरण : बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ आज पनि

    अनलाइन नेपाल
  • बुधबार, ३ साउन २०८०
  • 570
    SHARES

    काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुँदैछ ।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा मंगलबार बहस हुँदाहुँदै समय सकिएपछि उक्त रिटमा बुधबार पनि सुनुवाइ हुने भएको हो ।



    सञ्चार सचिव कृष्णबहादुर राउत सहितका व्यक्तिहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबारदेखि निरन्तर सुनुवाइ भइरहेको छ । उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान सुरु गरेपछि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरिएको थियो ।



    उनीहरुले रिट निवेदनमा आफूहरुलाई बिनाशर्त थुनामुक्त गर्न माग गरेका छन् । सर्वोच्च अदालतले सो विवादसम्बन्धी छ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटार जग्गा प्रकरणमा उनीहरुसहितलाई पक्राउ गरेर किर्ते र संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ ।

    सर्वोच्चले रिहा गर्न आदेश नदिए सीआईबीले उनीहरुलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने छ। सीआईबीले ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार