Online Nepal
  • शनिबार, १५ मंसिर २०८१
  • चिनियाँ विदेशमन्त्री तीन सातादेखि गायब !

    चिनियाँ विदेशमन्त्री तीन सातादेखि गायब !

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 930
    SHARES

    एजेन्सी । चिनियाँ विदेशमन्त्री छिन काङ तीन सातायता सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । जसका कारण पश्चिममा सञ्चारमाध्यमहरुले उनको गैर-उपस्थितिका बारेमा अनेकन समाचारहरु सार्वजनिक गरिरहेका छन् ।

    बेइजिङमा व्यस्त कूटनीतिक गतिविधिमा सामेल हुनुपर्ने विदेशमन्त्री काङको तीन साता लामो गुमनामीसँगै राजनीतिक रुपमा उनलाई पदबाट बर्खास्त गरिएको हुनसक्ने अनुमानहरुसमेत सार्वजनिक गरिएका छन्।



    खरो कुटनीतिज्ञका रुपमा परिचित र राष्ट्रपति सी चिनफिङका विश्वासपात्र मानिने ५७ वर्षीय काङ छोटो समयमा नै विदेशमन्त्री बन्न सफल भएका थिए।



    उनले संयुक्त राज्य अमेरिकाको राजदूतको कार्यकाल सम्हालेपछि उनलाई सीले गत डिसेम्बरमा विदेशमन्त्री नियुक्त गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार