Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अर्थमन्त्री महत र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता, के भयो कुरा ?

    अर्थमन्त्री महत र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता, के भयो कुरा ?

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 627
    SHARES

    गुजरात । भारतको गुजरातमा जारी जी–२० अर्थमन्त्रीहरुको बैठकको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सितारामणबीच द्विपक्षीय छलफल भएको छ ।

    बैठकमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धबारे छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।



    दुवै अर्थमन्त्रीले नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न जोड दिएका छन्।



    भारतका अर्थमन्त्री सितारामणले एन पीएचएल र भारतको इन्टरनेशनल पेमेन्ट लिमिटेडबीच भएको समझदारी बमोजिम संयुक्त विद्युतीय भुक्तानी संयन्त्र कार्यान्वयन गर्न छिटो काम अघि बढाउन आग्रह गरिन् ।

    जवाफमा अर्थमन्त्री महतले उक्त समझदारी छिट्टै कार्यान्वयनमा लैजानेगरी संयन्त्र स्थापना गर्ने बताए । साथै नेपालको सूचना प्रविधि क्षेत्रमा भारतीय लगानीको लागि राम्रो विकल्प रहेको र व्यवसायिक सम्भाव्यता एवम् पर्याप्त जनशक्ति उपलब्ध भएकोले सो क्षेत्रमा लगानी बढाउन समेत आग्रह गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार