Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै मिटरब्याज पीडितले प्रर्दशन

    गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै मिटरब्याज पीडितले प्रर्दशन

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 927
    SHARES

    काठमाडौं । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ ।

    सरकारले ल्याएको विधेयकले आर्थिक अपराधमा संलग्न साहु महाजनको सम्पति छानबिन गर्न नसक्ने भन्दै उनीहरुले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेका हुन् ।



    मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले काठमाडौंको शान्तिवाटिकादेखि बानेश्वरसम्म प्रदर्शन गरेको थियो । सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्ने भन्दै मुलुकी ऐन संशोधनसमेत गरिसकेको छ ।



    तर संघर्ष समितिले उक्त कानुनले पनि मिटरब्याज पीडितको समस्या समाधान नहुने भन्दै प्रदर्शन गरेको हो ।संघर्ष समितिले मंगलबार नै काठमाडौंमा प्रदर्शनसहित संसद भवन घेराउ गरे ।

    उनीहरुले नयाँ विधेयक मिटरब्याज पीडितको पक्षमा नआएसम्म आन्दोलन जारी रहने बताएका छन् । आइतबार मिटरब्याज पीडितलाई न्याय दिन ल्याइएको विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार