Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • चीनले दियो संसद् सचिवालयलाई ८ वटा विद्युतीय गाडी

    चीनले दियो संसद् सचिवालयलाई ८ वटा विद्युतीय गाडी

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 825
    SHARES

    काठमाडौं । चीन सरकारले सङ्घीय संसद् सचिवालयलाई सहयोगस्वरुप आठ वटा अत्याधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ ।

    एक वर्षअघि नेपाल भ्रमणमा आएका चीनको जनकांग्रेसका स्थायी समितिका अध्यक्ष लि चान्सुले तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा सचिवालयलाई सहयोग गर्ने प्रतिबद्धता अनुरूप ती सवारी साधन प्राप्त भएको हो।



    अध्यक्ष चान्सुको सहयोग गर्ने चाहना तथा तत्कालीन सभामुख सापकोटाको पहल र अनुरोधमा तीन वटा एयुभी र पाँच वटा विद्युतीय कार प्राप्त भएको राज्य व्यवस्था तथा सुशासन समितिले जनाएको छ ।



    करिब तीन करोड रुपैयाँ मूल्य बराबरका ती सवारीसाधन चीनले केही दिनअघि संसद् सचिवालयका कर्मचारी टोलीलाई नेपाल–चीन सीमा नाका केरुङमा हस्तान्तरण गरेको थियो।

    हाल ती सवारी साधन संसद् भवन परिसरमा रहेको र नम्बर प्लेट र दर्ताको काम भइरहेको जानकारी दिइएको छ। यसअघि चीनले सन् २०१६ मा पनि सचिवालयलाई सहयोग स्वरूप केही सवारी साधन उपलब्ध गराएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार