Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिकी डलरसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा लेबनानका नागरिक ४२ वर्षीय एल यमन महमद रहेका छन् । महमदलाई नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका बेला प्रहरीले १० हजार अमेरिकी डलरसहित पक्राउ गरेको हो ।

अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍यान्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा झोलामा लुकाई लैजान लागेको १ सय दरको १ सय थान अमेरिकी डलर फेला पारी महमदलाई प्रहरीले पक्राउ गरेको थियो ।

महमदलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि सोमबार राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077