Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस रूपान्तरण अभियानको प्रतिवेदन बुझ्न सभापति देउवाले गरे अस्वीकार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी रूपान्तरण अभियानको प्रतिवेदन बुझ्न अस्वीकार गरेका छन्।

नेता गुरुराज घिमिरेका अनुसार सभापतिलाई रूपान्तरण अभियानको प्रतिवेदन बुझाउनका लागि समय माग्दा नदिएका हुन् ।

सातै प्रदेश पुगेर नेता कार्यकर्तासँग छलफल गरी तयार गरेको कांग्रेस रुपान्तरणको खाका बुझ्न नमानेपछि केन्द्रीय कार्यसमितिको बैठकअघि केन्द्रीय कार्यालयमा बुझाउने तयारी रहेको छ ।

घिमिरेले यथास्थितिमा पार्टी चल्न नसक्ने भन्दै देशव्यापी चलाएको रूपान्तरण अभियानको प्रतिवेदन आज एक वर्षपछि बस्न लागेको केन्द्रीय समितिको बैठकमा छलफल गराउने उद्देश्यले प्रतिवेदन बुझाउन लागेका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेलगायत युवा नेताहरूले गत जेठ ११ देखि ३१ गतेसम्म कांग्रेस रूपान्तरण अभियान चलाएको थिए। केन्द्रीय कार्यसमितिको बैठक दिउँसो १ बजे बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077