काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँ निर्धारण गरिएको छ ।
यता चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ८० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्यमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
Leave a Reply