Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • अन्न निर्यात सम्झौता अन्त्य गर्ने रूसको घोषणा

    अन्न निर्यात सम्झौता अन्त्य गर्ने रूसको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, २ साउन २०८०
  • 708
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रूसले ब्ल्याक सी हुँदै अन्न निर्यात गर्ने सम्झौता समाप्त भएको घोषणा गरेको छ ।

    ब्ल्याक सी सम्झौताको समय सोमबार मध्यरातमा समाप्त भएको हो । आफूले अघि सारेका सर्तहरू पूरा भएमा पुनः सम्झौतामा फर्कनसक्ने पनि रूसले स्पष्ट गरेको छ ।



    क्रेमलिनको उक्त घोषणा पछि रूसले टर्की, युक्रेन र संयुक्त राष्ट्र सङ्घलाई सम्झौताको म्याद विस्तारविरुद्धमा सूचना पठाएको छ।



    संयुक्त राष्ट्रसङ्घ र टर्कीको मध्यस्थतामा भएको उक्त सम्झौता राम्ररी कार्यान्वयन नभएको अरोप लगाउँदै क्रेमलिनले त्यसलाई पालना नगर्ने धम्की दिएको छ ।

    रूसी पक्षसम्बन्धी सम्झौताका बुँदा पूरा हुने बित्तिकै मस्को त्यसमा फर्किने उनले स्पष्ट गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार