Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कैलालीका चार पालिकामा आज सार्वजनिक बिदा

कैलाली । कैलाली जिल्लाका ४ पालिकामा आज सार्वजनिक बिदा दिइएको छ। कमैया मुक्ति दिवसको अवसरमा ४ पालिकाले मंगलबार स्थानीय बिदा दिएका हुन् ।

कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा दिइएको हो।

पालिकासहित स्वास्थ्य संस्था, विद्यालयमा बिदा गरिएको पालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।

नेपालमा बँधुवा मजदुरका रूपमा काम गर्दै आएका कमैयालाई तत्कालीन सरकारले २०५७ साल साउन २ गते मुक्त भएको घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077