काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगला खाडीको प्रयास ( बिमस्टेक) सदस्य मुलुकका परराष्ट्रमन्त्रीहरूबीच एकआपसमा सहयोग सुदृढ पार्ने उपायहरूबारे छलफल भएको छ।
थाइल्यान्डको राजधानी बैंककमा बिम्स्टेक सदस्य मुलुकका विदेशमन्त्रीहरुबीच आपसी सहयोगलाई सुदृढ पार्ने उपायहरूबारे छलफल भएको हो।
छलफलका क्रममा ऊर्जा सहयोग, प्रसारण लाइन विस्तार, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा, तथा प्रविधिसहितका क्षेत्रहरूमा कुरा भएको थियो ।
बिम्स्टेक राष्ट्रका परराष्ट्रमन्त्रीस्तरीय ‘रिट्रिट’मा सहभागी हुन परराष्ट्रमन्त्री साउद आइतबार बैंकक गएका थिए। बिम्स्टेकमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमार सदस्य छन्।
Leave a Reply