काठमाडौं । आजदेखि तोकिएको मूल्य तिरेर सेवाग्राहीले ४५ भन्दा बढी विभिन्न विदेशी टेलिभिजन च्यानल हेर्न पाउने भएका छन् ।
सरकारले ‘अला कार्ट’ प्रणाली लागू गर्ने निर्णय गरेसँगै सो प्रणाली कार्यान्वयन नगर्ने विदेशी च्यानल आजदेखि बन्द हुने भएका हुन् ।
सूचना तथा प्रसारण विभागका अनुसार डिजिटल सिस्टम अफ नेपाल प्रालि वितरकलगायत तीनवटा कम्पनी अलाकार्ट प्रणाली कार्यान्वयन गर्न तयार भएका छन् । योसँगै अलाकार्ट प्रणाली कार्यान्वयन नगर्ने विदेशी च्यानल आजदेखि बन्द हुने विभागले जनाएको छ ।
आलाकार्ट प्रणाली लागू भइसकेपछि अहिले ओटीटीमार्फत् प्रसारण भइरहेका सबै च्यानल स्वतः बन्द गर्नुपर्ने विभागले जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०७९ चैत १५ गते टेलिभिजन सेवामा ‘अला कार्ट’ मूल्य प्रणाली लागू गर्ने निर्णय गरेको थियो ।
Leave a Reply