काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठक आज पनि बस्दै छ ।
शुक्रबारदेखि सुरू भएको बैठकमा सातवटा कार्यसूचीमा आधारित भएर छलफल भइरहेको थियो ।
शनिबार केही समय चलेर स्थगित भएको बैठक आज बिहान १० बजेबाट पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरू हुन लागेको हो ।
बैठकमा संगठन सुदृढीकरणको विशेष अभियानको सामान्य जानकारी, वर्तमान र हाम्रा कार्यभार, सबैबाट विचारहरूको प्रस्तुती, आगामी कामको विस्तृत योजना, कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसंगठन युवा र विद्यार्थी, विभागहरूको कामको व्यवस्थापनलगायत एजेन्डामाथि छलफल हुने बताइएको छ ।