काठमाडौं । ललिता निवास जग्गा घोटाला प्रकरणमा पक्राउ परेकाहरुले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ भएको छ ।
ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान व्यूरोको हिरासतमा रहेका सञ्चारसचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहितलाई सोमबारको इजलासमा पेश गर्न सर्वोच्चले आदेश दिएको हो ।
आइतबार अन्य बन्दीको रिटका कारण उनीहरुको मुद्दा हेर्न नभ्याइएपछि सोमबार पेश गर्न आदेश दिइएको सर्वोच्च अदालतले जनाएको छ । लगाउमा रहेका ६ वटा मुद्दा भएको र सरकार भ्याकेटमा समेत आएको कारणले आइतबार हेर्न नभ्याइएको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।
सीआईबीको हिरासतमा रहेका सचिव राउत, व्यवसायी गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह, मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतम र टिकाराम घिमिरे लगायतले बन्दी प्रत्यक्षीकरण र निषेधाज्ञाको रिट दर्ता गराएका थिए ।
Leave a Reply