Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई बोलाएका छन् ।

केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्न सभापति देउवाले आफ्नै निवासमा भोलि सोमबार दिउँसो २ बजे छलफलका लागि बोलाएका हुन् ।

सभापति देउवाले भोलि पदाधिकारीसित छलफल गरेपछि पर्सि बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग फेरि छलफल गर्ने तयारी पनि गरेका छन् ।

गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ सम्मका लागि स्थगित भएको छ ।

भोलिको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारी छ ।कांग्रेस केन्द्रीय समिति बैठक एक वर्षपछि साउन २ गते दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077