Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल गर्न पदाधिकारी र पूर्व पदाधिकारीलाई बोलाएका छन् ।

छलफलका लागि सभापति देउवाले आफ्नै निवासमा भोलि सोमबार दिउँसो २ बजे बैठक डाकेका हुन् ।

गत २७ असारमा बस्ने भनिएको केन्द्रीय समितिको बैठक साउन २ सम्मका लागि स्थगित भएको छ भोलिको बैठकले उक्त बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारी छ ।

देउवाले सोमबार पदाधिकारीसँग छलफल गरेपछि मंगलबार बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग फेरि छलफल गर्ने तयारी पनि गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077