अन्कोराज । अमेरिकामा शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्कामा ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी टेलिभिजन सञ्जल एबीसीले जनाएको छ ।
भूकम्पको झट्का आलुशान टापु, अलास्का प्रायद्वीप, कुक इनलेट क्षेत्रमा महसुस भएको छ ।
युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्र जमिनबाट ९.३ किलोमिटरको गहिराइमा थियो ।
‘प्रशान्त अग्निचक्र’ भनिने भौगोलिक क्षेत्रमा पर्ने अलास्का भूकम्प र ज्वालामुखीको जोखिममा रहेको बताइन्छ ।
Leave a Reply