Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सुरक्षा निकायलाई दबाव र चलखेलबाट मुक्त राख्छु : गृहमन्त्री श्रेष्ठ

    सुरक्षा निकायलाई दबाव र चलखेलबाट मुक्त राख्छु : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 690
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालय र मातहतका संगठनको समग्र सुधारको योजना बनिरहेको बताएका छन् ।

    गृह मन्त्रालयमा ‘शान्तिसुरक्षा सुदृढीकरण’का लागि सुरक्षा निकायका पूर्वउच्च अधिकारीसँग आइतबार भएको छलफलमा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    गृहमन्त्री श्रेष्ठले सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेप,आर्थिक चलखेल र शक्तिकेन्द्रको दबाबबाट मुक्त राखिने बताए।



    गृहमन्त्री श्रेष्ठले भने,’अनियमिततामा संलग्न राजनीतिक, प्रशासनिक वा व्यवसायिक व्यक्ति पक्राउ पर्दा सम्बन्धित क्षेत्रबाट सहयोगको सट्टा विरोध हुन थालेपछि कसलाई कारबाही गर्ने ? के गरिब र निमुखालाई मात्रै कारबाही गर्ने ? धनीलाई छुट्टै, गरिबलाई छुट्टै ऐनकानुनको अपेक्षा गर्ने? त्यो हुँदैन ।’

    त्यसका लागि गृह मन्त्रालय र मातहतका संगठनको समग्र सुधारको योजना बनिरहेको गृहमन्त्री श्रेष्ठले बताए ।

    नेपाल प्रहरी र अनुसन्धान एकाइलाई निष्पक्ष, स्वतन्त्र र प्रभावकारी ढङ्गबाट घटनाहरूको अनुसन्धान गर्न निर्देशन दिइएको र कुनै पनि दबाब वा प्रभावबाट मुक्त रहेर अनुसन्धान प्रक्रिया अगाडि बढाइने समेत उनले बताए ।

    प्रहरीभित्र गुटबन्दी रहेको र त्यसले सिंगो संगठनलाई असर पारेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रालय त्यसलाई अन्त्य गर्न लागिपरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार