काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद थाइल्याण्ड प्रस्थान गरेका छन् ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिन परराष्ट्रमन्त्री साउद थाइल्याण्ड प्रस्थान गरेका हुन् ।
परराष्ट्रमन्त्री साउदको नेतृत्वको प्रतिनिधिमण्डल आज दिउँसो थाइ एयरवेजबाट बैंकक प्रस्थान गरेको मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री साउदले भ्रमणका क्रममा बिम्स्टेक क्षेत्रका आफ्ना समकक्षीसँग साझा हितका विषयमा छलफल गर्ने छन् ।
बिमस्टेक सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमा हस्ताक्षर गरी स्थापना भएको एक क्षेत्रीय सङ्गठन हो।
Leave a Reply