Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुपन्देहीमा तीनजना सवार मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका–४, सेमरहवामा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

गए राति करिब पौने १० बजे तीनजना सवार लु ७३ प ८६४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सवार रोहिणी–४, पकडीका ६५ वर्षीय चन्द्रिका अहिरको मृत्यु भएको हो ।

अहिरको उपचारका क्रममा भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा परी मोटरसाइकलमा सवार एकजना घाइते भएको र भैरहवास्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलसहित चालकलाई भने इलाका प्रहरी कार्यालय धकधईले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077