Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • कोरियाको ‘सिप बिल्डिङ’ क्षेत्रको परीक्षा कहिले हुँदैछ ?

    कोरियाको ‘सिप बिल्डिङ’ क्षेत्रको परीक्षा कहिले हुँदैछ ?

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 867
    SHARES

    फाइल तस्विर

    काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतको नयाँ क्षेत्र पानीजहाज निर्माण ९सिप बिल्डिङ० का लागि कोरिया जान चाहने नेपाली युवा छनोट गर्न आगामी कात्तिकमा भाषा परीक्षा हुने भएको छ ।

    कोरियाको मानव संशाधन बोर्डले छनोट परीक्षाको सम्भावित मितिबारे नेपाललाई जानकरी दिएको छ। वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले तत्काललाई कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा नेपाली युवाका लागि परीक्षा नगर्ने र त्यसको सट्टा सिप बिल्डिङ क्षेत्रको परीक्षा गर्ने कोरियाको योजना रहेको बताए।



    “कृषि क्षेत्रमा ८ हजारभन्दा बढी युवालाई छनोट गरेर रोष्टर तयार हुने भएकाले अब दुई वर्ष कृषि तथा पशुपालन क्षेत्रमा परीक्षा हुने छैन,’ उनले भने, ‘यसैगरी उत्पादनमूलक क्षेत्रमा पनि हाल ८ हजार युवा रोष्टरमा रहेका कारण आगामी सेप्टेम्बर तथा नोभेम्बरमा हुने माग संख्याका आधारमा पुस र माघमा मात्र परीक्षा गर्न सकिने छ। तर भनेजस्तो माग नभए यो मितिमा समेत परीक्षा हुनेछैन।”



    पछिल्लो समय कोरियामा विदेशी श्रमिकको माग घटेका कारण नेपालबाट जाने युवाको प्रवेश दर पनि घट्दै गएको छ । कोरियामा कार्यरत नेपालीले छिटोछिटो कार्यस्थल परिवर्तन गर्ने गरेका कारण पनि त्यहाँ रोजगारदाताले नेपालीको माग संख्या घटाउँदै लगेका हुन् ।

    कोरियाले कार्यस्थल परिवर्तन गर्ने नियमलाई कडाइ गर्न रोजगारदाताको मागअनुसार कानुनमा समेत परिमार्जन गर्ने तयारी सुरु गरेको कोरियामा रहेको प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले बताए। कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार