काठमाडौं । नेकपा एमालेले सचिवालय बैठकबाट विभिन्न ६ प्रस्ताव पारित गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले समसामयिक विषयमा ६ बुँदे प्रस्ताव पारित गरेको हो ।
पारित प्रस्तावमा कोसी प्रदेश सरकार भंंग गरी नयाँ निर्माण प्रक्रिया अपनाउन माग गरिएको छ ।
एमाले सरकार ढलेपछि नयाँ सरकार गठनका लागि संख्या पुर्याउन सभामुखले पनि हस्ताक्षर गरेका थिए। यो विषय अहिले सर्वोच्च अदालत पुगिसकेको छ ।
यस्तै, किसानलाई मल उपलब्ध गराउन माग गरिएको छ । मिटरब्याजसम्बन्धी विधेयक तत्काल संसद्मा ल्याउनलगायत माग गरिएको छ ।
Leave a Reply