सुर्खेत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका बाचा पूरा गर्ने बताएका छन्।
गृह जिल्ला सुर्खेत पुगेका रक्षामन्त्री खड्काले यस्तो बताएका हुन् । रक्षामन्त्री खड्काले देशको प्रतिकूल आर्थिक अवस्थामा पनि विकास–निर्माणका कामहरू अघि बढिरहेको बताए।
रक्षामन्त्री खड्काले भने,‘देशको प्रतिकूल आर्थिक अवस्थामा पनि समग्र कर्णाली, सुर्खेत र म निर्वाचित भएको क्षेत्रमा महत्वपूर्ण विकास योजनाहरू अघि बढेका छन्। जनतासँग गरेका बाचा पाँच वर्षभित्र पूरा गर्न प्रतिवद्ध छु।’
रक्षामन्त्री खड्काले कर्णाली करिडोर र भेरी करिडोर लगायतका कर्णालीको समृद्धिसँग जोडिएका ठूला सडक योजनाहरू निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारी दिए।
२० वर्षभित्र भेरी किनारमा आधुनिक र नमूना शहर निर्माण गरेर भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहर निर्माणको काम अघि बढेको बताउँदै त्यो शहर नयाँ पुस्तालाई नासोका रुपमा हस्तान्तरण गरिने उनले बताए।
Leave a Reply