Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • विभिन्न प्रकरणमा निर्दोष फस्दैन दोषी उम्कँदैन : गृहमन्त्री श्रेष्ठ

    विभिन्न प्रकरणमा निर्दोष फस्दैन दोषी उम्कँदैन : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • शनिबार, ३० असार २०८०
  • 912
    SHARES

    चितवन। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न प्रकरणमा भइरहेका अनुसन्धानमा निर्दोष नफस्ने बताएका छन् ।

    शनिबार प्रेस सेन्टरले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । गृहमन्त्री श्रेष्ठले दोषीलाई नियन्त्रणमा लिन आफूले निर्देशन दिएको बताए।



    गृहमन्त्री श्रेष्ठले विभिन्न प्रकरणमा भइरहेका अनुसन्धानमा कुनै पनि हस्तक्षेप नहुने बताए ।



    गृहमन्त्री श्रेष्ठले भने,‘कुनै पनि अनुसन्धानमा प्रहरीलाई सरकारले हस्तक्षेप गरेको छैन र गर्ने पनि छैन । हामीले प्रहरीलाई फलानालाई ल्याउनू, फलानालाई नल्याउनू भनेका छैनौँ । हामी त्यस्तो कुरा गर्दैनौँ । निर्दोष फस्ने र दोषी उम्किने हुँदैन । तपाईँहरू काम गर्नुस् भनेका छौँ । प्रहरीले त्यसैगरी कम गरिरहेको छ ।’

    तथ्य र प्रमाणका आधारमा दोषीलाई पक्राउ गरी थप अनुसन्धान गर्ने कार्यमा आफूले कुनै बाधा गृहमन्त्री श्रेष्ठको भनाई छ । तथ्य र प्रमाणका आधारमा कारबाही प्रक्रिया अघि बढेको भन्दै गृहमन्त्री श्रेष्ठले यसमा प्रहरीलाई कुनै दबाब नदिएको बताए ।

    गृहमन्त्री श्रेष्ठले कसैले कोही मान्छे पक्राउ परोस् भन्ने चाहेर नभई तथ्य प्रमाणका आधारमा पक्राउ गरिएको भनाई छ । अनुसन्धानका क्रममा ढिलोचाँडो हुनसक्ने बताउनुहुँदै उहाँले कुनै पनि प्रकरणमा अनुसन्धानको काम नरोकिएको जिकिर गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार