Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नेपालबाट चीनमा घाँस निर्यात सुरु, गृहमन्त्री श्रेष्ठले गरे उद्घाटन

    नेपालबाट चीनमा घाँस निर्यात सुरु, गृहमन्त्री श्रेष्ठले गरे उद्घाटन

    अनलाइन नेपाल
  • शनिबार, ३० असार २०८०
  • 1K
    SHARES

    चितवन । नेपालबाट आधिकारिक रुपमा चीनमा घाँस निर्यात सुरु भएको छ । नेपालबाट आधिकारिकरूपमा चितवनको भरतपुरबाट चीनमा (हाइलेज) घाँस निर्यात सुरु भएको हो।

    चितवनको भरतपुरमा उत्पादित प्याकिङ घाँस ‘हाइलेज’को चीनमा निर्यातको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कृषि मन्त्री बेदुराम भुषाल र नेपालका लागि चिनियाँ राजदूत छन् सङले संयुक्तरूपमा रिबन काटेर शुभारम्भ गरे।



    कार्यक्रममा गृहमन्त्री श्रेष्ठले पशु आहार चीन पठाउने कामको आरम्भ भएको भन्दै अब नयाँ सम्भावनको खोजी गर्नुपर्नेमा जोड दिए। व्यापार घाटा कम गर्ने र सफलरूपमा देशलाई विकास र समृद्धिको दिशामा फड्को मार्नेतिर लान जरुरी रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ।



    उक्त अवसरमा हाइलेज पशु आहार लोड गरेको १० वटा ट्रकलाई रिबन काटेर चीनतर्फ पठाइएको थियो। करीब ८० टन साइलेज चीनको सिगाचेमा पठाएको छ।

    करिब ३ वर्षको प्रयासपछि नेपालको घाँस हाइलेज चीन पठाउन सफल भएको हो। चिनियाँ व्यवसायीको लगानीमा चितवनमा हालः मकैको हाइलेज उत्पादन हुँदै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार