Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • शंका गर्नु पर्दैन, प्रहरी अनुसन्धानमा हस्तक्षेप छैन : गृहमन्त्री श्रेष्ठ

    शंका गर्नु पर्दैन, प्रहरी अनुसन्धानमा हस्तक्षेप छैन : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • शनिबार, ३० असार २०८०
  • 996
    SHARES

    चितवन । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै पनि अनुसन्धानमा तथ्य प्रमाणका आधारमा प्रकाउ गर्ने बताएका छन् ।

    चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । गृहमन्त्री श्रेष्ठले कुनै पनि अनुसन्धानमा प्रहरीलाई सरकारले हस्तक्षेप नगरेको बताए।



    गृहमन्त्री श्रेष्ठले भने, ‘हामीले प्रहरीलाई फलानालाई ल्याउनु फलानालाई नल्याउनु भनेका छैनौं । हामी त्यस्तो कुरा गर्दैनौं । निर्दोष फस्ने र दोषी उम्किने हुँदैन । तपाईंहरू काम गर्नुस् भनेका छौं । प्रहरीले त्यसैगरी कम गरिरहेको छ ।’



    तथ्य र प्रमाणका आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढेको बताउँदै उनले यसमा प्रहरीलाई कुनै दबाब नदिएको बताए।  कसैले कोही मान्छे पक्राउ परोस् भन्ने चाहेर नभइ तथ्य प्रमाणका आधारमा समातिने उनले बताए ।

    अनुसन्धानका क्रममा ढिलोचाँडो हुनसक्ने बताउँदै उनले कुनै पनि प्रकरणमा अनुसन्धानको काम नरोकिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार