Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • कांग्रेस महामन्त्री थापाले भने – संसदीय दलको नेतामा लडेको मान्छे हुँ, नेता परिवर्तनको प्रयास गर्छु

    कांग्रेस महामन्त्री थापाले भने – संसदीय दलको नेतामा लडेको मान्छे हुँ, नेता परिवर्तनको प्रयास गर्छु

    अनलाइन नेपाल
  • शनिबार, ३० असार २०८०
  • 780
    SHARES

    फाइल तस्विर

    विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब पार्टी केन्द्रीय समिति बैठक नसर्ने दाबी गरेका छन् ।

    विराटनगरमा पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । असारको अन्तिम सातादेखि सुरु गर्ने भनिएको बैठक सांसदहरूको व्यस्थताका कारण सरेको भन्दै उनले साउन २ गतेदेखि सुरु हुने बताए ।



    यो बैठकमा पार्टीमा कार्ययोजना र कार्यतालिका प्रस्तुत हुने र खासगरी नीति महाधिवेशनको मिती तय हुने उनको भनाइ छ ।उक्त नीति अधिवेशनबाट चुनावअघि गठबन्धन गर्ने प्रचलनको पनि ब्रेक गरिने उनले बताए ।



    त्यस्तै, महामन्त्री थापाले बहुमत पुग्ने अवस्था आए संसदीय दलको नेता बदल्ने प्रयासमा लाग्ने बताए। महामन्त्री थापाले यसअघि नै दलको नेतामा प्रतिस्पर्धा गरेको व्यक्तिले संख्या पुगेको दिन पुन प्रयास गर्नु स्वभाविकै भएको बताए।

    महामन्त्री थापाले भने,‘म त दलको नेतामा लडेको मान्छे हुँ । हुनुपर्छ भनेरै प्रयास गरेको हो । मेरो निरन्तर कोसिस हुन्छ । साथीहरूको संख्याले सार्थकता दिन्छ भन्ने महसुस भएपछि अवश्य प्रयास हुन्छ ।’

    महामन्त्री थापाले कांग्रेस संसदीय दलको विधानमै नेता परिवर्तन गर्ने ठाउँ रहेको स्मरण गराउँदै संख्या पुगेको खण्डमा परिवर्तन गर्ने बताए ।

    गिरिजाप्रसाद कोइराला दलको नेता हुँदा हालका दलका नेता शेरबहादुर देउवाले नै संख्या पुर्‍याएर नेता बनेको बताउँदै उनले यो सुविधा रहेको बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार