Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • काठमाडौं महानगरको बजेट नगरसभाबाट सर्वसम्मत पारित

    काठमाडौं महानगरको बजेट नगरसभाबाट सर्वसम्मत पारित

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 744
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाको नीति कार्यक्रम र बजेट सर्वसम्मत पास भएको छ ।

    महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले शुक्रबार राष्ट्रिय सभा गृहमा बसेको नगरसभा बैठकमा निर्णयार्थ पेश गरेको बजेट र नीति कार्यक्रम संशोधनसहित पास भएको हो ।



    गत असार १० गते महानगरकी उपप्रमुख सुनिता डङ्गोलले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट पेस गरेकी थिइन्। असार २६ बाट सुरु भएको बजेट माथिको छलफल शुक्रबार सकेर बजेटमा वडाध्यक्ष र नगर सभा सदस्यहरुले राखेका संशोधनसहित पारित भएको हो ।



    महानगरपालिकाले २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । जसमा चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार रुपैयाँ र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन भएको छ ।

    सबैभन्दा धेरै बजेट शिक्षा क्षेत्रमा छुट्याएको छ। शिक्षाका लागि महानगरले ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ। २०७९/८० मा २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार