Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर बुढानिलकण्ठमा युवकको मृत्यु

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–९ मण्डिखाटारमा करेन्ट लागेर युवकको मृत्यु भएको छ ।

सिन्धुपाल्चोक बलेफी–३ स्थायी घर भएका २३ वर्षीय सुजन श्रेष्ठको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ग्रिल पसलमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर सख्त घाइते भएका श्रेष्ठको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077