Online Nepal
  • आइतबार, २० असोज २०८१
  • सांसद गैरेको प्रश्न – आत्महत्यालाई प्रोत्साहन गर्नेगरि अभिव्यक्ति दिने मन्त्रीले पदमा बसिरहन मिल्छ ?

    सांसद गैरेको प्रश्न – आत्महत्यालाई प्रोत्साहन गर्नेगरि अभिव्यक्ति दिने मन्त्रीले पदमा बसिरहन मिल्छ ?

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 762
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद ठाकुर गैरेले स्वास्थ्य तथा जनस‌ंख्या मन्त्री मोहनबहादुर बस्नेतले आत्महत्यालाई प्रोत्साहन गरेको आरोप लगाउदै त्यस्तो मान्छे मन्त्री भइरहन नमिल्ने तर्क गरेका छन् ।

    शुक्रबारको प्रतिनिधि सभाको बैठकमा विशेष समय माग गरेर बोलेका गैरेले स्वास्थ्यमन्त्री बस्नेतले आत्महत्यालाई प्रोत्साहन गर्ने मान्छे मन्त्री भइरहन मिल्छ कि मिल्दैन भनी प्रश्न गरेका हुन् ।



    उनले कर्मचारीहरुले अपायक ठाउँमा सरुवा हुँदा समस्या भएको भनी गुनासो गर्दा आफ्नो पदीय मर्यादासमेत ख्याल नगरेको र आत्महत्या जस्तो विकराल घटनालाई हलुका रुपमा लिएको भन्दै नैतिकताको आधारमा राजीनामा दिन सुझाव समेत दिए ।



    स्वास्थ्यमन्त्री बस्नेतले सरुवाका पत्र बुझ्न नमान्ने र सरुवा भए आत्महत्या गर्छु भन्ने एक जना कर्मचारीलाई मेरो कोठामा आएर झुण्डिन भनेको बताएका थिए ।

    उनले कुनैपनि समस्याको समाधान आत्महत्या नभएको भन्दै गैरेले कोभिड जस्तो महामारीलाई पनि भ्याक्सिनले समाधान गरेको र लम्पिस्किन जस्तो धातक रोगको पनि समाधान हुन्छ भन्ने विश्वासमा रहेको भन्दै कुनैपनि समस्याको समधान आत्महत्या नभएको प्रष्ट पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार