काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ललितानिवास जग्गा प्रकरणका ठूला माछाहरुलाई पनि कारबाही पर्नुपर्ने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले यस्तो बताएका हुन् ।
सांसद खतिवडाले भने, ‘बालुवाटार जग्गा प्रकरणमा व्यापारीहरु र केही साना कर्मचारीहरुलाई मात्रै सरकारले ध्यान दिएको देखिन्छ। त्यहाँका ठूला माछाहरुलाई कारबाही होस् । व्यापारीहरुलाई मात्रै होइन, किन्नेलाई मात्रै होइन । सरकारको राजश्व तिरेर किन्ने तिनीहरुलाई कारबाही गर्ने व्यवस्थापन गरेर जग्गा बिक्री गर्ने मुलहरु को हुन् ? तिनीहरुलाई कारबाही व्यवस्था गरोस् ।’
उनले ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने प्रकरणमा संलग्न रहेको आरोपमा सरकारले किन्नेहरुलाई मात्रै कारबाही गर्न खोजेको आरोप लगाए ।
किन्नेलाई मात्र नभएर ललितानिवासको जग्गा बेच्नेलाई पनि कारबाही गर्नुपर्ने उनको माग छ ।
Leave a Reply