Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • मिटरब्याजी नियन्त्रण गर्ने विधेयकबारे जसपा नेतासँग छलफल गर्दै गृहमन्त्री श्रेष्ठ

    मिटरब्याजी नियन्त्रण गर्ने विधेयकबारे जसपा नेतासँग छलफल गर्दै गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 654
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी नियन्त्रण गर्न ल्याइएको विधेयकबारे जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गर्ने भएका छन् ।

    विधेयकमा राखिएका प्रावधान संशोधन गर्नुपर्ने र भूतप्रभावित कानुन बन्ने भएकोले सो विधेयक पारित गर्नबाट पछि हट्ने बताएपछि जसपा नेताहरुसँग मन्त्री श्रेष्ठले छलफल गर्न लागेका हुन ।



    दिउँसो साढे ३ बजे गृहमन्त्रालयमा साढे ३ बजे छलफलका लागि बोलाइएको छ । यसअघि संसद बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ कार्यसूचीको रुपमा रहँदै आएकोमा शुक्रबारको बैठकमा कार्यसूचीबाट हटाइएको छ ।



    सत्तापक्ष दल जसपा तथा प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा दर्ता विधेयकमाथि प्रश्न उठाउने तयारी गरेपछि कार्यसूचीमा राखिएको छैन । सरकारले दुर्त गतिमा मिटरब्याजीलाई कारबाही गर्ने विधेयक पास गरेर लैजान खोजेपनि सत्तापक्षबाटै अवरोध सिर्जना भएपछि छलफल अघि बढाएको हो ।

    यसअघि गत असार २० गते मिटरब्याज नियन्त्रण गर्ने प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची रहेपनि प्रमुख प्रतिपक्षी दलले गरेको संसद अवरोधका कारण सो सम्बन्धी अध्यादेश निष्क्रिय भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार