धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले ट्राफिक व्यवस्थापा सम्बन्धी सचेतनामुलक कक्षा संचालन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको सभा हलमा आज कारवाहीमा परेका सवारी चालकलाई सचेतनामुलक प्रशिक्षण दिईएको हो ।
लेन अनुशासन पालना नगर्ने,तिब्र गति र मादक पदार्थ सेवन गरी सवारी साधन चलाई कारवाहीमा परेका १४०० जना सवारी चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वीरेन्द्र सिंह जोहारीले प्रशिक्षण दिएका थिए ।
ट्राफिक नियमको पूर्ण पालना, लेन अनुशासन, सवारी दुर्घटनाको जोखिम, सवारी दुर्घटनाको कारण र सडक सुरक्षा सम्बन्धी अपनाउनु पर्ने सावधानीबारे जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख जोहारीले प्रशिक्षण दिएका थिए ।
Leave a Reply